काठमाडौं,२२माघ : सरकारबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन भने यथावत राख्ने बताएको छ। आइतबार अपरान्ह पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले भने,‘ वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै सरकारलाई दिएको समर्थन यथावत राख्दै सरकारबाट मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेका छौं,’ ।
लामिछानले मिडियाहरु प्रति आक्रोश पनि पोखे । मूलधारका मिडियाहरु आफु विरुद्ध नियोजित रुपमा लागेको र अदालतलाई प्रभावित पार्ने काम गरेको उनले बताए । मूलधार केहि मिडियाका सम्पादक र सञ्चालकहरुको नामै किटेर लामिछानेले भने ,‘ देश चलाउने मन छ भने चितवन २ मा आएर मसंग चुनाव लड्नु होला , होइन भने तपाइको काम देश चलाउने होइन मिडिया चलाउने हो ।
सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध गरेको ठहर गर्दै सांसद र मन्त्री पद बर्खास्त गरेको थियव। जसका कारण राजनीतिक परिस्थित पनि बिग्रिएको थियो। त्यसको दुई दिनपछि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह आफैँसँग राख्ने निर्णय गरेका थिए। लामिछानेले पटक पटक दबाब दिए पनि गृह दिन प्रधानमन्त्री तयार भएनन्। बरु गृहको सट्टा अन्य मन्त्रालय रोज्न भनिए पनि अन्ततः रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए भने उनको पार्टीबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी थिइन्। उनीहरूले ३ माघमा मन्त्रीको सपथ लिएका थिए।
The post रवि लामिछानेले भने : मेरो विरुद्ध मिडियाहरु लागे , अदालतलाई प्रभावित पारे appeared first on Madhes Khabar.
प्रतिक्रिया